Rule 22
सेवा कटौती गर्न सक्ने
(१) पानीको स्रोतबाट उपलब्ध हुन नसक्ने वा संरचनाको क्षमताभन्दा बढी परिमाणमा पानीको माग भई माग अनुसारको सेवा उपलब्ध गराउन सक्ने अवस्था नभएमा परियोजना कार्यालयले उपभोक्ता संस्थाको समन्वयमा नियम २१ बमोजिम निर्धारित आधारको अधीनमा रही आंशिक रुपमा सेवा कटौती गर्ने निर्णय गर्न सक्नेछ ।
(२) परियोजना कार्यालयले उपनियम (१) बमोजिम निर्णय गर्दा सम्बन्धित सिंचाइ कार्यालय तथा सम्बन्धित स्थानीय निकायसँग परामर्श गर्नु पर्नेछ ।